जबरजस्ती करणी उद्योगमा दोषी ठहर श्रेष्ठ हिडदाहिडदै मन्थलीबाट पक्राउ



२७ फागनु, रामेछाप ।
दुई बर्ष अघि ज्यान मार्ने  र जबरजस्ती करणी उद्योगमा दोषी ठहर भइ जेल सजाय तोकिए पनि फरार रहेका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ ।
२०७५ सालमा जिल्ला अदालतले ज्यान मार्ने उद्योग र जबरजस्ती करणी उद्योगमा मन्थली नगरपालिका–२ टेकानपुरका ५२ बर्षिय अर्जुन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हाे । विशेष सुराकीको आधारमा श्रेष्ठलाई मन्थलीको कटरबोटबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका श्रेष्ठलाई हाल जिल्ला प्रहरी कार्यालय मन्थलीमा राखिएको एक प्रहरी अधिकृतले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार पक्राउ परेका श्रेष्ठलाई २ बर्ष पाँच महिना १७ दिन जेल सजाय हुनेछ । प्रहरीले भोली अदालततमा पेश गरेर भोली नै जिल्ला कारागार रामेछापमा पठाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्