रामेछापमा माओवादी केन्द्रले पनि उदघाटन गर्‍यो पार्टी कार्यालय



२७ फागनु, रामेछाप ।
सर्वोच्च अदालतको फैसलाले अगल–अलग भएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले धमाधम केन्द्रदेखि जिल्ला हुँदै स्थानीय तहमा पार्टी कार्यालय सञ्चालनमा ल्याउने अभियान सुरु भएको छ । रामेछाप जिल्लामा नेकपा एमालेले पार्टी कार्यालय सञ्चालनमा ल्याएको दुई दिनपछि नेकपा माओवादी केन्द्रले पनि आफ्नो पार्टी कार्यालय सञ्चालनमा ल्याएको हो ।

झण्डै ४१ महिनापछि नेकपा बनेर सञ्चालन भएपनि एमाले र माओवादी केन्द्र दुवै पार्टीलाई सर्वोच्च अदालतले ब्युँताइदिएको छ ।सदरमुकाम मन्थलीको देवकोटा चोकमा बिहिबार रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले नेकपा माओवादी केन्द्र रामेछापको पार्टी कार्यालय उद्घाटन गरेका छन् ।


पार्टी कार्यालय उदघाटन गर्दै सांसद श्रेष्ठले कम्युनिष्ट आन्दोलनमा केपी ओली प्रवृतिका विरुद्धमा सङ्घर्ष गर्दै पार्टी एकता प्रकृयालाई अगाडी बढाएर लैजाने बताए । उनले तत्काल नै पार्टी एकता सम्भव नभए पनि बाम गठबन्धन बनाएर अगाडि बढनुको विकल्प नरहेको बताए ।
उदघाटन कार्यक्रममा संविधानसभा सदस्य डिल्लीमान तामाङ, माओवादी केन्द्रका नेता टंकलाल घिसिङ, माओवादी केन्द्र रामेछापका अध्यक्ष मैन कुमार मोक्तान लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्