५ अर्बको युरिनियम सहित रामेछापका तीन भाइ पक्राउ



२८ फागनु, काठमाडौं ।
प्रहरीले ५ अर्बको युरिनियम सहित रामेछापका तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले साढे दुई किलो विष्फोटक पदार्थ युरेनियम सहित उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालयबाट खटिएको टोलीले काठमाडौंको बौद्धमा लुकाएर राखिएको अवस्थाको युरेनियम सहित चार जनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अत्तिरिक्त महानिरीक्षक हरिबहादुर पालले बौद्धमा भण्डारण गरिराखेको अवस्थामा युरेनियम बरामत गरिएको बताए ।

उनका नुसार जफत गरिएको युरेनियम नेपाली मूल्य ५ अर्ब रुपैयाँ भन्दा बढी हुन आउछ । पालले भने,‘नेपालमा अहिलेसम्म बरामत गरिएको युरेनियम ठूलो मात्रा हो ।’

काठमाडौं टुसाल–६ बौद्धबाट पक्राउ गरिएको युरेनियम २ किलो ५ सय ग्राम रहेको छ । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोसी गाउँपालिका –५ बस्ने ४० वर्षीय नारायण सिंह तामाङ, काठमाडौं बौद्ध बस्ने रामेछाप लिखु तामाकोशी–५ घर भएकी ४० वर्षीया जानुका तामाङ, रामेछाप नगरपालिका–४ बस्ने २० वर्षीय प्रकाश चौहान र सिन्धुपाल्चोक सुनकोशी–४ बस्ने २० वर्षीय मनोज न्यौपानेलाई पक्राउ गरिएको प्रमुख पालले जानकारी दिए ।पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्