रामेछापमा शान्ति पौडेलको अध्यक्ष पद खोसियो



२८ फागनु, रामेछाप ।
सर्वोच्च अदालतको फैसलाले एमाले ब्युँतिएसँगै नेकपा एमाले माधव कुमार नेपाल समुहको पद धमाधम खोसिन क्रम सुरु भएको छ । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बोलाएको बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । योसँग यसअघि प्रचण्ड–नेपाल समुह गठन भएपछि बनेको कमिटीलाई एमालेले मान्यता नदिने भएको छ । प्रतिनिधिसभा विघटनपछि पुर्नगठन गरिएको कमिटीलाई नै एमालेले निरन्तरता दिने भएको छ ।

नयाँ कमिटीलाई नै निरन्तरता दिने भएसँगै यसअघि नेकपा रामेछापका अध्यक्ष रहेका शान्ति पौडेलको अध्यक्ष पद पनि खोजिएको छ । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको पौडेल जिल्ला सचिव रहेका थिए । एमाले ब्युँतिएपछि स्वतः पुरानै कमिटीलाई निरन्तरता दिनुपर्ने माग माधव नेपाल समुहले गरेपनि अध्यक्ष ओलीले नयाँ कमिटीलाई नै निरन्तरता दिने अडान लिएका छन् ।

पार्टी ब्युँतिएपछि जिल्लामा पार्टी कार्यालयको उदघाटन कार्यक्रममा शान्ति पौडेल सहभागी भएपनि अध्यक्षमा आनन्द श्रेष्ठलाई नै पार्टीले निरन्तरता दिदै आएका छन् । पार्टी दुई समुहमा विभाजित भएपछि यसअघि एमालेका सचिव रहेका श्रेष्ठलाई उक्त समुहले नेकपा रामेछापको अध्यक्ष चयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्