ओली र नेपालबीचको वार्ता सकियो
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्ष बीचको भेटवार्ता सकिएको छ । ओली र नेपाल पक्षबीच सोमबार पार्टी कार्यालय धुम्बाराहीमा छलफल भएको हो ।
बैठकमा आन्तरिक एकताको विषयमा छलफल केन्द्रित भए पनि दुवै समुहको आ–आफ्नै अडानको कारण कुनै सहमति जुटन सकेन ।
२८ फागुनमा ओली पक्षले गरेको निर्णय खारेज गर्नुपर्ने नेपाल पक्षको अडान लिएको छ । तर अध्यक्ष ओलीले उक्त निर्णय फिर्ता नहुने जवाफ दिएपछि बैठकमा कुनै सहमति जुटन सकेन ।
बैठकपछि नेता घनश्याम भुसालले आफूहरुले २८ गतेको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेको पनि अध्यक्ष ओलीबाट ठोस जवाफ नआएको बताए ।त्यसैगरी नेता सुवास नेम्वाङले पार्टीलाई एकताबद्ध बनाएर लैजाने विषयमा छलफल केन्द्रीत रहेको जानकारी दिए ।