१४ महिनादेखि फरार दोरम्बा गाउँपालिकाका कंडेल प्रहरीको फन्दामा



३ चैत्र, रामेछाप ।
बैकिङ कसुरको मुद्दामा दोषी ठहर भएपनि विगत १४ महिनादेखि फरार रहेका दोरम्बा गाउँपालिका–३का रामहरि कंडेललाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । २०७६ माघमा उच्च अदालत पाटनले सात दिन कैद र २ लाख रुपैयाँ तिर्नु पर्ने फैसला गरेको थियो । अदालतले फैसला गरेपनि फरार रहदै आएका कंडेललाई जिल्ला प्रहरी कार्यालय रामेछापबाट कटिएको प्रहरी टोलीले आज मंगलवार भक्तपुरको सुईविनाय नगरपालिका–४ ठिमीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर  श्रेष्ठ जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्