एमाले खनाल–नेपाल समुहद्धारा देशभरका पार्टी कमिटी ब्युँताउने घोषणा, १७ बुँदे प्रस्ताव पारित (पूर्णपाठसहित)
५ चैत्र, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समुहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको निर्णय अस्वीकार गर्ने भन्दै देशभरका पार्टी कमिटी ब्युँताउने घोषणा गरेको छ । सर्वोच्च अदालतले पार्टी ब्युँताए पनि अध्यक्ष ओलीले एकलौटी ढंगले नयाँ कमिटीलाई निरन्तरता दिएकोप्रति असन्तुष्टि जनाउदै खनाल नेपाल समुहले २०७५ जेठ २ गते कायम रहेको पार्टी कमिटीलाई निरन्तरता दिने घोषणा गरेको हो ।
अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न खोजेको भन्दै देशभरका ४ हजारभन्दा बढी नेता–कार्यकर्ताको दुई दिने भेला गरेको यो समूहले सर्वोच्च अदालतको आदेशअनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने र सबै कमिटी ब्युँताउने बताएको छ । १७ बुँदे प्रस्ताव पारित गर्दै भेला आज सकिएको छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईले अज जन संगठन र पार्टी कमिटी जेठ २ के अवस्थामा ब्युँताउने भेलाले निर्णय गरेको बताए ।
यस्तो छ जारी भएको १७ बुँदे प्रस्ताव