मन्त्री ढुंगेलद्धारा भिमफेदी फाखेल सडकको अनगुमन
६ चैत्र, काठमाडौं ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले हैटौडा–काठमाडौं जोडन छोटो सडकको रुपमा रहेको भिमफेदी फाखेल काठमाडौं जोडन सडकको अनगुमन गरेका छन् ।
बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय सरकारको राजधानी काठमाडौं जोड्ने सडकको स्तरोन्नतिसहित गरिरहेको छ । यो सडकको स्तरोन्नतीपछि प्रदेशका १२ जिल्लाहरुलाई राजधानी हेटौंडा आउन थप सहज हुने मन्त्री ढुंगेलले बताए ।
हेटौंडाबाट काठमाण्डौ जान पृथ्बी राजमार्ग, त्रिभुवन राजपथ, कान्ति लोकपथ, हेटौंडा–कुलेखानी–सिस्नेरी–काठमाण्डौ सडक, हेटौंडा–कुलेखानी–फाखेल–काठमाण्डौ सडक, हेटौंडा–कुलेखानी–महालक्ष्मीखोला–काठमाण्डौं सडक, हेटौंडा–भीमफेदी–ईपा–काठमाण्डौं सडक लगायतका रहेका छन् ।
उक्त सडकको मन्त्री ढुंगेल सहित भौतिक पूर्वाधार मन्त्री रामेश्व फुँयाल, प्रदेश सडक निर्देशक सहदेव भण्डारी लगायतको सहभागीता रहेको थियो । अनुगमनको क्रममा मन्त्रीद्धय ढुंगेल र फुँयालले समयसीमाभित्र नै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका थिए ।