रामेछापबाट ३२ जना युवा संघको केन्द्रीय सदस्यमा चयन (नामावलीसहित)
८ चैत्र, रामेछाप ।
रामेछापबाट राष्ट्रिय युवा संघमा ३२ जना केन्द्रीय सदस्य चयन भएका छन् । युवा संघले जिल्लाबाट ३२ एक जना पदाधिकारी तीन जना सचिवालय र दुई जना स्थायी कमिटी र २६ जनालाई केन्द्रीय सदस्य चयन गरेको हो ।
युवा संघको केन्द्रीय सह–कोषाध्यक्षमा जय गुरुङ चयन भएका छन् । त्यसैगरी स्थायी कमिटीमा बाबुरा तामाङ र अमित कार्की चयन भएका छन् भने सचिवालयमा युवा संघ रामेछापका अध्यक्ष गणेशब्रज लामा, राजकुमार खड्का र गणेश खत्री चयन भएका छन् ।
त्यसैगरी केन्द्रीय सदस्यहरुमा राजकुमार श्रेष्ठ, आङछिरिङ लामा, सोनु रोका, अबिनाश बुढाथोकी, छोटी शेर्पा, बिकाश गुरुङ, बिनोद खड्का, सिताराम लोहार, तपन श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, श्याम तामाङ, रबिन्स लामा, राजिव मोक्तान, सुरेन्द्र कार्की, गणेश बिक, रबिन्द्र ढुङेल, हिमाल उप्रेती, निरज कार्की, शंकर लाखे, मदन तामाङ, मोहन कडेरिया, सीता केसी, अमर मोक्तान, उमेश गुभाजु, शैलेन्द्र खड्का, अशोक सुनुवार, र सुनिता सुनवार रहेका छन् ।