प्रधानमन्त्री ओलीद्धारा रामेछापका कलाकार मानन्धर र गुरुङको प्रसंशा
११ चैत्र, काठमाडौं ।
रामेछाप निवासी कलाकार सञ्जय मानन्धर र ओमप्रकाश गुरुङ सहितका कलाकारकाे कलाकाे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रसंशा गरेका छन् । प्रधानमन्त्री ओलीले भोग्दै आएको अहिलेको जटिल परिस्थितिमा मिडिया समक्ष प्रस्तुत हुँदै गरेको क्यानभासको चित्र तयार गर्ने ओमप्रकाश गुरुङ, सञ्जय मानन्धरको प्रसंशा गरेका हुन् । प्रधानमन्त्री ओलीले मिडिया समक्ष बोल्दै गरेको क्यानभासको चित्रको प्रारुप सञ्जय मानन्धरले तयार गरेका थिए भने उक्त चित्रलाई ओमप्रकाश गुरुङले रंग भर्ने काम गरेका थिए
मेरो कयानभास संस्थाका सञ्चालक एवं कलालार सञ्जय मानन्धर सहितका कलाकारहरुले क्यानभासको चित्र दिदै कलाकारहरुले भोग्दै आएको समस्याको बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । मानन्धरका अनुसार जवाफमा प्रधानमन्त्री ओलीले नेपालको कला संस्कृति र मौलिकता जोगाउनको लागि सरकारले ध्यान दिने प्रतिबद्धता जनाएका थिए । प्रधानमन्त्रीलाई भेटन ओमप्रकाश गुरुङ, सञ्जय मानन्धर, कुशुम कार्की र माधव ओली सहितको टोली प्रधानमन्त्री निवास वालुवाटारमा पुगेको थियो ।
कोरोना महामारीको कारण विदेशी पर्यटकहरु नेपाल नआउदा क्यानभासका कलाकाहरुको पेशा संकटमा पर्न थालेको छ । हाते चित्र (आर्ट) गर्नको लागि कम्तिमा पनि एक साता भन्दा बढी समय लाग्ने गर्छ ।उक्त क्यानभासको चित्र हस्तान्तरण कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको पनि सहभागीता रहेको थियो ।
कलाकार माननन्धरले रामेछाप न्युजसँग भने,‘प्रधानमन्त्री ओलीले भारतले नेपालमाथि गरेको नाकाबन्दीदेखि भारतले कब्जा गरेको नेपाली भूभी कालापानी लिपुलेक र लिम्पियाधुरा समावेश गरेर नेपालीको शीर उच्च बनाएको सम्मानमा क्यानभासको चित्र बनाएका हौ ।’
क्यानभासको चित्रमा प्रधानमन्त्री ओलीले मिडिया समक्ष बोल्दै गरेको चित्रमा नेपालको चुच्चे नक्सा पनि समावेश गरिएको छ । यसअघि क्यानभासको टिमले रामेछाप जिल्लामा जन्मिएर बर्षौदेखि रहदै आएको लोडसेडिङ हटाउन भूमिका खेलेको भन्दै नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको पनि क्यानभासको चित्र बनाएर प्रदान गरेका थिए ।