सुनापति गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटोफिचर)
१३ चैत्र, रामेछाप ।
सुनापती गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । गाउँपालिकाको केन्द्र हिलदेवीको आजबाट प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले खेलकुदको माध्यमबाट आफ्नो गाउँ ठाउँ र राष्ट्रलाई नै चिनाउन सकिने बताए । खेलकुद क्षेत्रको विकासको लागि पूर्वाधार निर्माण पहिलो शर्त भएको बताउदै आगामी दिनमा पूर्वाधार निर्माणमा आफूले सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा, उपाध्यक्ष गीता विष्ट, प्रमुख प्रशासकीय अधिकृत राममणि काफले, वडा अध्यक्षहरु सहितको सहभागीता रहेको थियो ।
खेलमा गाउँपालिकाभित्रका विभिन्न विद्यालयले भाग लिएका छन् । सुनापति गाउँपालिका खेलकुद विकास समितका अध्यक्ष गोविन्द घिमिरेले प्रतियोगिता चैत्र १६ गते सम्पन्न हुने जानकारी दिए ।