सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रचण्डको घोषणा



१४ चैत,काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारलाई दिदै आएको समर्थन एकदुई दिनमै फिर्ता लिने बताएका छन् । उनले नैतिक र राजनीतिक रुपमा पनि अब धेरै दिन सरकारलाई समर्थन गर्न नसकिने बताउदै केही दिनभित्र नै निर्णय हुने बताएका हुन् ।
बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियामा प्रचण्डले राजनीतिक र नैतिक ढंगले आफ्नो पार्टीले अब सरकारलाई दिनको समर्थन कायमै राख्न नसक्ने बताए । मैले सरकारलाई प्रतिगामी भनेको छु । त्यसलाई मैले समर्थन गरिरहन सक्दिन, म केही दिनभित्र त्यो प्रक्रिया अगाडि बढाउँछु, उनले भने ।
अविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता सँगसँगै होस् भन्नका निम्ति मात्र मैले दाह्रा किटेर समर्थनलाई एकदुई दिन रोकेको मात्र हो, केही दिनभित्र नै अव निर्णय हुन्छ, उनले भने,‘सरकारलाई समर्थन गर्न सकिने कुनै पनि आधार छैन् ।’ नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँताउने अस्वाभाविक फैसला आएको भन्दै उनले यसमा आफूहरुको असहमति रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्