रामेछापमा एकै दिन ठूलो संख्यामा मोरसाइकल नियन्त्रणमा (फोटोफिचर)
१५ चैत, रामेछाप ।
रामेछाप जिल्लामा एकै दिन ठूलो संख्यामा प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको छ । होली पर्वमा हुन सक्ने सम्भावित सवारी दुर्घटनालाई रोक्नको लागि आजब बिहानैबाट जिल्लाभित्र प्रहरीले सवारी चेकिङलाई कडाई गरेको छ ।
मन्थली बजार क्षेत्रमा आज बिहानैबाट सवारी साधनमाथिको चेकजाँच कडा पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बाट खटिएको सयुक्त टोलीले मन्थलीको विभिन्न क्षेत्रमा गरिएको जेकजाँचको क्रममा लाइसेन्स बिलबुक नभएका २० वटा र तीन जनालाई मापासे गरेको अवस्थामा २३ वटा मोटरसाइकल पक्राउ गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेले लाइसेन्स बिलबुक नभएका र मापासे गरेका सहित २३ वटा मोटरसाइकलाई नियन्त्रणमा लिएको रामेछाप न्युजलाई बताए । उनका अनुसार आज बिहानबाटै मन्थली बजार क्षेत्रमा सवारी साधन चेकजाँचलाई कडाई गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशकंर श्रेष्ठले कानुन विपरीत सञ्चालन भएका मोटरसाइकललाई नियन्त्रणमा लिएको बताए । उनले प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकलाई कानुन अनुसार कारवाही गर्ने बताउदै मापासे गर्नेहरुमाथि पनि कारवाही हुने रामेछाप न्युजलाई बताए ।