रामेछापबाट युवा संघ नेपाल समुहबाट ४३ जना केन्द्रीय सदस्य (नामावलीसहित)



१९ चैत, काठमाडौं ।
नेकपा एमाले माधव नेपाल समुहले देशव्यापी रुपमा समानान्तर कमिटी गठनको कामलाई तीब्रता दिएको छ । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी अनुसाशन विपरीत काम गरेको भन्दै वरिष्ठ नेता माधव कुमार नेपाल सहित चार शीर्ष नेतालाई कारवाही गरेसँगै नेपाल समुह थप रुष्ट बनेको छ ।

राष्ट्रिय कार्यकर्ता भेलासहित देशव्यापी रुपमा समानान्तर कमिटीको अभियानमा लागेको नेपाल समुहले २०७५ जेठ ३ अघि नै कायम रहेको कमिटीलाई ब्युँताउने भएको छ । युवा विद्यार्थी लगायतका संगठनमा नेपाल पक्षले समानान्तर कमिटी गठन गरिसकेको छ ।

नेपाल पक्षले राष्ट्रिय युवा संघमा ६०१ ज्नाको केन्द्रीय कमिटी बनाएको छ । जस अन्तर्गत रामेछाप जिल्लाबाट कृष्णहरि केसी उपाध्क्ष भएका छन भने ४३ जना केन्द्रीय सदस्यमा चयन भएका छन् । उपाध्यक्ष केसीले रामेछापबाछ ४३ जना केन्द्रीय सदस्यमा चयन भएको बताए । उनका अनुसार अब जिल्लाव्यापी रुपमा कार्यक्रम लिएर जाने योजना बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्