२ करोड ९० लाखमा उमाकुण्ड गाउँपालिकामा बन्यो नमूना प्रहरी कार्यालय



२४ चैत, रामेछाप ।
उमाकुण्ड गाउँपालिकामा पहिलो पटक नमूना प्रहरी कार्यालय निर्माण भएको छ । बागमती प्रदेशको सहयोगमा ईलाका प्रहरी कार्यालय उमाकुण्ड सञ्चालनमा आएको हो । नवनिर्मित प्रहरी कार्यालय एवं ब्यारेकको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले उदघाटन गरेका छन् । २ करोड ९० लाख ९७ हजारमा निर्मित १५ साढे दुई कोठे प्रहरी कार्यालय ६ रोपनी २ आनामा फैलिएको छ ।

त्यसैगरी प्रहरी कार्यालय निमाृणको लागि निशुल्क रुपमा जग्गा प्रदान गर्ने स्थानीय धनराज लामिछाने, राजेन्द्र लामिछाने, सिंहवीर तामाङलाई प्रदेश प्रहरी प्रमुख लामा र जिल्ला प्रहरी कार्यालय रामेछापमा प्रमुख डिएसपी नवराज ढुंगानाले प्रशंसा पत्र प्रदान गरेका थिए । उक्त कार्यक्रममा भवन निर्माण गर्ने निर्माण व्यवसायब िराजु कार्कीलाई पनि सम्मान गरिएको थियो ।

भवन निर्माण भएपछि प्रहरीलाई थप सेवा सुविधा भएको बताउदै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले तोकिएकै समयसीमाभित्र प्रहरी कार्यालय निर्माण भएको जानकारी दिए । भवन उदघाटन कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत ईश्वरी सुवेदी, वडा अध्यक्ष सहित जनप्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्