रामेछापमा २१ बोरा अवैध जडिबुटी सहित तीन जना पक्राउ
२६ चैत, रामेछाप ।
रामेछापमा २१ बोरा अवैध जडिबुटीसहित तीन जना प्रक्राउ गरिएको छ । रामेछापको लिुख तामाकोसी गाउँपालिका–६ खिम्तीमा प्रहरीले चेकिङ गर्ने क्रममा अवैध रुपमा निकासी गर्न लागिएको अमुल्य जडिबुटी पक्राउ गरेको हो ।
गोकुलगंगा गाउँपालिकाको भुजीबाट अवैध रुपमा सुनसरीतर्फ लैजाने गरेको बा ४ ख ९७९० नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा प्रहरीले २१ बोरा जडिबुटी (झ्याउ) फेला पारेको थियो । अवैध रुपमा जिल्लाबाट निकासी गर्न लागिएको जडिबुटी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार झ्याससहित पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाउँपालिका–३ का ट्रक चालक दिल बहादुर तामाङ, उक्त जडिबुट्टी( झ्याउ) ल्याउने सुनसरी धरान नगरपालिका–१५ का कल्पना राई, भोक्राहा नरसिंह गाउँपालिका–६ का आजाद अन्सारी पक्राउ परेका छन् । ट्रक चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अगाडि बढाएको प्रवक्ता श्रेष्ठले बताए । अनुसन्धान गरेर पक्राउ गरिएको जडिबटी जिल्ला वन कार्यालयलाई बुझाउने तयारी प्रहरीले गरेको छ ।