सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काफ्लेको विदाई
२७ चैत, रामेछाप ।
सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत राममणि काफ्लेको विदाई भएको छ । सुनापति गाउँपालिकामा एक बर्षे कार्यकाल पूरा गरेर काफ्ले शुक्रवार विदाई भएका हुन् । पर्यटन मन्त्रालयमा सुरुवा भएसँगै गाउँपालिकाबाट एक बर्षे अवधिमा सुधारको काम गर्दै उनी विदाई भएका छन् । काफ्लेलाई गाउँपालिकाका अध्यक्ष धावा लामा, उपाध्यक्ष गीता विष्ट लगायतका जनप्रतिनिधिहरुले विदाई गर्दै मायाको चिनो प्रदान गरेका थिए । उनको कार्यकालमा गाउँपालिकाको प्रमुख प्रशासनिक भवन, १० सैयाको अस्पताल निर्माणको काम अगाडि बढेको थियो ।
गाउँपालिकाभित्र अझै विकास भएको हेर्ने चाहना छः काफ्ले
गाउँपालिकाद्धारा आयोजित विदाई कार्यक्रममा उनले सुनापति गाउँपालिकामा सेवा गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले आफूले गाउँपालिकाको हितलाई केन्द्रमा राखेर काम गरेको बताउदै आगामी दिनमा गाउँपालिकाको झन विकास देख्न चाहेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत काफ्लले गाउँपालिकाको प्रमुख प्रशासनिक भवन निर्माणको काम अगाडि बढनुको साथै पाँच वटै वडा कार्यालयको आफ्नै भवन निर्माण भएर सञ्चालनमा आउनु सुखद विषय भएको बताए । आफ्नो कार्यकालमा गाउँपालिकाको केन्द्रमा १० शैयाको अस्पताल निर्माणको काम अगाडि बढेको बताउदै उनले पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पर्यटन मन्त्रालयबाट बजेट सुनिश्चिता हुनु राम्रो विषय भएको बताए ।
गाउँपालिकाभित्र चिया विकास तथा विस्तार मार्फत कृषि र पर्यटन विकासको सुरुवात भएको आगामी दिनमा गाउँपालिकाले प्राथमिकताको साथ उक्त कार्यक्रमलाई अगाडि बढाउनु पर्ने काफ्लले सुझाव दिए ।
तीन बर्षको अवधिमा सुनापति गाउँपालिकाको उत्कृष्ट शैक्षिक कन्द्रको दिशामा अगाडि बढेको बताउदै स्वास्थ्यको सन्दर्भमा २४ सै घण्टा सवै वडाहरुमा प्रसुती सेवा सुचारु अवस्थामा राखिनु राम्रो काम भएको बताए ।स्वास्थ्यका विभिन्न कार्यक्रम मध्ये पालिका भित्रका सबै दलित समुदायको स्वास्थ्य विमा गाउँपालिकाले नै गरिदिएकाले पालिकाभित्रका सबै दलित समुदाय यस कार्यक्रमबाट लाभाभित भएका बताउदै यो कार्य अन्य स्थानीय तहहरुको लागि नमूना कार्यक्रम भएको बताए ।
गाउँपालिकाभित्र हालसमम २७६ किमी सडकको ट्रयाक ओपन भएमा सय किलोमिटर सडकमा ाह्रै महिना सुचारु हुने गरी स्तरोन्नति भएको बताउदै यसै वर्ष २६०० मिटर सडक कालोपत्रे भएको बताए । सवै टोल वस्तीमा साना सवारी साधन समेतको पहुँच पुगेको छ भने सवै घरधुरीहरुले केन्द्रिय प्रशारणलाइनको विधुत उपयोग गर्ने अवसर प्राप्त गरेका छन् । सुनापति गाउँपालिका विजुलीको काठको पोलमुक्त गाउँपालिका हो, उनले भने । सुनकोशी, खानीखोला ,खैरेनीघाट, चौरीखोला समेत गरी तीन वर्ष भित्र ४ वटा पक्की पुलको निर्माण समेत सम्पन्न भएको बताउदै उनले पालिकाभित्र झोलुङ्गे पुलको संख्या १६ वटा पुगेको जानकारी दिए ।