पार्टीभित्र निषेधको राजनीति स्वीकार्य छैनः अध्यक्ष पौडेल
६ वैशाक, रामेछाप । नेकपा एमाले माधव नेपाल समुह रामेछापका अध्यक्ष शान्ति पौडेलले आफूहरुले जिल्लाभित्र समानान्तर गतिविधि सञ्चालन नगरेको बताएका छन् । आफू पार्टीबाट निर्वाचित आधिकारिक अध्यक्ष भएको बताउदै पार्टीभित्र ओली समुहले चाही चाही जिल्लाभित्र समानान्तर कमिटी गठन गरेको आरोप लगाए ।
उनले लोकतन्त्रमा निषेधको राजनीतिक स्वीकार्य नहुने बताउदै रामेछाप न्युजसँग भने,‘लोकतन्त्रमा गलत कुराको विरोध हुन्छ, पार्टीलाई विधि सञ्चालन गर्नुपर्छ भन्दा गाउँगाउँबाट लखेटने धम्की मान्य छैन ।’ अरुलाई लखेटन तयार हुने समुहले आफू पनि लखेटिन तयार हुन चेतावनी दिदै उनले लखेटने धम्की दिदैमा हात बाँधेर लुरुलुरु कोही पनि नहिडने बताए ।
‘पार्टीलाई राम्रो र बलियो बनाउन राम्रो म बनेर जान सक्नु पर्यो, कसैलाई निषेध गरेर जान सकिन्छ भन्ने भ्रम कसैले नराखे हुन्छ’,अध्यक्ष पौडेलले भने,‘हामी लखेटने कुरा गर्दैनौ, राजनीतिलाई विधि र विधानमा चलाउन आवाज उठिरहन्छ ।’
पार्टी ब्युँतिएपछि केन्द्रमा महासचिवको पद ब्युँतिदा जिल्लामा शान्ति पौडेलको अध्यक्ष किन ब्युतिदैन उनले प्रश्न गर्दै भने,‘पार्टीको नियम केन्द्रमा लागू हुने जिल्लामा लागू नहुने हो ?’