आनन्द श्रेष्ठलाई शान्ति पौडेलको एसएमएस



७ वैशाक, रामेछाप ।
नेकपा एमालेभित्र पार्टीभित्रको आन्तरिक विवादको कारण केन्द्रदेखि जिल्ला हुँदै वडा कमिटीसम्म समानान्तर कमिटी बनिरहेको छ । पार्टीभित्र वरिष्ठ नेता माधव कुमार नेपाल समुहले समानान्तर कमिटी गठनको कामलाई तिब्रता दिएको छ । एमालेभित्र विवाद उत्कर्षमा पुगिरहेको बेला पार्टीभित्र दुवै समुहले आफ्नो गतिविधि अगाडि बढाएका छन् ।

त्यसैगरी एमालेको जिल्ला कमिटीको बैठकमा सहभागी हुन केपी शर्मा ओली नेतृत्वको एमालेका अध्यक्ष आनन्द श्रेष्ठलाई नेपाल समुह रामेछापका अध्यक्ष शान्ति पौडेलले एसएमएस पठाएका छन् । उनले बैठकमा सहभागी हुन एसएमएस पठाउदै फोन समेत गरेको बताएका छन् । नेपाल समुहले वैशाख ९ गते जिल्ला कमिटीको बैठक आह्वान गरेको छ ।

एमालेको गत अविधेशनबाट पौडेल अध्यक्ष र श्रेष्ठ सचिवमा चयन भएका थिए । प्रतिनिधिसभा विघटनसँगै तत्कालिन नेकपा दुई समुहमा विभाजित भएपछि ओली समुहले सचिव श्रेष्ठलाई जिल्ला कमिटीको अध्यक्ष बनाएको थियो । फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादी ब्यूँताउने फैसला गरेपनि ओली नेतृत्वको एमालेले नयाँ कमिटीलाई नै निरन्तरता दिने निर्णय गरेपछि नेपाल समुह रुष्ट बन्दै आएको छ ।

नेपाल समुहले पार्टी ब्युँतिएपछि पुरानै कमिटीलाई निरन्तरता दिनुपर्ने माग गर्दै आएपनि अध्यक्ष ओलीले अस्वीकार गर्दै आएका छन् । अध्यक्ष आनन्द श्रेष्ठले जिल्लाभित्र समानान्तर गतिविधि गर्नेलाई गाउँगाउँबाट लखेटने अभिव्यक्तिप्रति अध्यक्ष पौडेलले आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्