अमेरिकामा बसेर रामेछापको नाम चम्काउदै रामेछापकी चेली
७ वैशाख, काठमाडौं ।
कवियत्री कल्पना तामाङले पाँच सय डलर राशीको विश्व महिला खुल्ला कविता प्रतियोगितामा प्रथम हुन सफल भएकी छिन् । विश्वका विभिन्न देशबाट सहभागी जनाएका कवियत्रीहरुलाई पछि पार्दै तामाङ प्रथम हुन सफल भएकी हुन् । रामेछाप मन्थली नगरपालिका–४ घर भइ हाल अमेरिकामा बसोबास गर्दै आएकी तामाङले कविता मार्फत रामेछाप जिल्लालाई विश्वसामु चिनाउन सफल भएकी छिन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय महिला समितिले १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा आयोजना गरेको विश्व महिला खुल्ला कविता प्रतियोगितामा प्रथम हुन पाउदा आफू निकै खुसी रहेको कवियत्री कल्पना तामाङले बताइन ।
प्रतियोगितामा कवियत्रीहरुले महिला जीवनमा आधारित विषयमा केन्द्रीत भएर कविता लेख्न आह्वान गरेको थियो । सयौ कविता मध्य तामाङले लखेको कविता प्रथम हुन सफल भएको हो । प्रतियोगितामा प्रथम हुन सफल भएकी तामाङले पाँच सय डलरको पुरस्कार पाएकी छिन् । तामाङले सयाैँ कविताहरू र याैटा मुक्तक सङ्ग्रह “हिउँकाे आगाे” प्रकाशित गरिसकेकी छिन् ।