रामेछापमा नेपाल समुहको गतिविधि सह्य हुँदैनः श्रेष्ठ



८ वैशाख, रामेछाप ।
नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले वैशाख ९ गते पार्टीले कुनै पनि बैठक नबोलाएको बताएका छन् । उनले नौ गते बोलाइएको भनिएको बैठकममा सहभागी नहुने पनि आग्रह गरेका छन् ।

एमाले नेपाल समुह रामेछापले भोली जिल्ला कमिटीको बैठक बोलाएपछि बुधवार मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले एमालेको आधिकारिक बैठक वैशाख १३ गते हुने बताए । उनले विहीवार माधव नेपाल पक्षले राखेको भनिएको भेला एमालेको नभई अलग्गै दलको हुने बताए ।  अध्यक्ष श्रेष्ठले एमालेको नाममा माधव नेपाल समूहले गरेका गतिबिधिहरु रामेछापमा सैह्य नहुने चेतावनी दिए

प्रतिक्रिया दिनुहोस्