कुलमान घिसिङ मोटरसाइकलमा सरर……



९ वैशाख, काठमाडौं ।
विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ मोटरसाइदलमा देखिएका छन् । उनले नेपालमै पहिलो पटक बनेको इलेक्ट्रिक मोटरसाइलक चढेर उदघाटन गरेका हुन् । घिसिङले नेपालमै पहिलो पटक बनेको इलेक्ट्रिक मोटरसाइकल ‘यात्री’को टेष्ट साइट गरेका हुन् । उक्त मोटरसाइकलले तीन घण्टामा फुल चार्ज हुन र एक पटकमा १२० किलोमिटर गुडन सक्ने क्षमता रहेको निर्माणमा संलग्न इन्जिनियरहरुले बताएका छन् ।

पहिलो चरणमा यो मोटरसाइकलको दुईवटा मोडल सार्वजनिक गरिएको छ । होटल हायतमा गरिएको टेस्टमा निर्माण पक्षले नेपालको सन्दर्भमा निकै राम्रो र वातावारणमैत्री रहेको बताएको छ । मोटरसाइकल चढेपछि घिसिङले रामेछाप न्युजसँग भने,‘नेपालको सन्दर्भमा इलेक्ट्रिक मोटरसाइकल सञ्चालनमा आउनु निकै राम्रो कुरा हो, यसलाई प्रबद्र्धन गर्दै लैजानु पर्छ ।’ निर्माण कम्पनीले हाल तयार गरेको मोटरसाइकलको मुल्य पाँच लाख रुपैयाँ राखेको छ ।

प्रतिक्रिया दिनुहोस्