एमाले नेपाल समुह रामेछापको जिल्ला कमिटीको बैठक जारी (फोटोफिचर)
९ वैशाख, रामेछाप ।
नेकपा एमाले माधव नेपाल समुह रामेछापको जिल्ला कमिटीको बैठक सुरु भएको छ । जारी जिल्ला कमिटीको बैठकमा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य सहितका नेताहरु सहभागी छन् । सर्वोच्च अदालतले एमाले ब्युँताउने फैसला गरेसँगै पार्टी कमिटी पूर्ववत हुनुपर्ने माग अस्वीकार गर्दै अध्यक्ष केपी शर्मा ओलीले नयाँ कमिटीलाई नै निरन्तरता दिएपछि नेपाल समुह असन्तुष्ट हुँदै आएको छ ।
देशभर समानान्तर कमिटी गठन गरेको एमाले आज रामेछापको जिल्ला कमिटीको बैठक बोलाएको हो । बैठकमा एमाले रामेछापका जिल्ला इन्चार्ज देवशकंर पौडेल, अध्यक्ष शान्ति पौडेल, सचिव ज्ञान कुमार श्रेष्ठ, नेता होम बुढाथोकी लगायत जिल्ला कमिटीका सदस्यहरु, गाउँ कमिटीका अध्यक्ष र सचिव एवं वडा कमिटीका अध्यक्षहरुको सहभागीता रहेको छ ।