पार्टी स्थापना दिवसः रामेछापमा एमालेको छुट्टाछुट्टै कार्यक्रम
९ वैशाख, रामेछाप ।
नेपाल कम्युनिष्ट पार्टीको ७२ औ स्थापना दिवस नेकपा एमाले रामेछापले छुट्टाछुट्टै मनाएको छ । देशभर समानान्तर गतिविधि गर्दै आएको एमाले माधव कुमार नेपाल समुहले जिल्ला कमिटीको बैठकमा पार्टी स्थापना दिवस मनाएको छ भने एमाले रामेछापले तीनलालको शालिकमा माल्यपर्ण गरेर कार्यक्रम मनाएको छ । ‘
रामेछापमा एमाले दुई समुहमा विभाजित भएसँगै छुट्टाछुट्टै कार्यक्रम गरेर मनाएका हुन् । नेपाल समुहले आज जिल्ला कमिटीको बैठक सम्पन्न गरेको छ भने केपी शर्मा ओली नेतृत्वको एमालेले वैशाख १३ गते जिल्ला कमिटीको बैठक आह्वान गरेको छ । दुवै समुह आक्रमक रुपमा प्रस्तुत भएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ जन्मिएको जिल्ला समेत हो ।