रामेछापमा देवशकंर पौडेलको जिल्ला इन्चार्ज खोसियो
१० वैशाख, रामेछाप ।
नेकपा एमाले रामेछापका इन्चार्ज देवशकंर पौडेलको जिम्मेवारी खोसेको छ । एमालेको आज बसेको केन्द्रीय कमिटी बैठकले पौडेलको जिम्मेवारी खोस्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेललाई रामेछाप जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो । माधव नेपाल समुहमा लागेर पार्टीभित्र समानान्तर कमिटी गठन गरेको भन्दै पौडेललको जिम्मेवारी खोसिएको हो ।
यसअघि एमाले अध्यक्ष आनन्द श्रेष्ठ र सचिवमा पुरुषोत्तम कडरियालाई चयन गरेपनि जिल्ला इन्चार्जमा पौडेललाई नै निरन्तरता दिएको थियो । तर आज बसेको बैठकले माधव नेपाल पक्षका नेताहरुलाई जिम्मेवारी विहीन बनाउन केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरेको छ ।