काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि लकडाउन गर्ने निर्णय (आदेशसहित)
१४ वैशाख, काठमाडौं । कोरोना संक्रमणको संख्या ह्वातै बढेपछि काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । सोमबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि एक साता लकडाउन गर्ने निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ संक्रमणदर व्यापक रुपमा बढेकाले जोखिम कम गर्न वैशाख १६ देखि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय बताए ।
आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ५ सय बढी संक्रमित भएका ठूला शहर र २ सय बढी सक्रिय संक्रमित भएका गाउँमा निषेधाज्ञा लगाउने अधिकार स्थानीय प्रशासनलाई दिनुपर्ने सिफारिस गरेको थियो ।