जिल्लाभित्र सभा सम्मेलन नगर्ने एमाले रामेछापको निर्णय
१४ वैशाख, रामेछाप ।
नेकपा एमाले रामेछापले देशभित्र कोरोना संक्रमितको संख्या बढेकाले जिल्लाभित्र सभा सम्मेलन आयोजना नगर्ने निर्णय गरेको छ । देशभित्र फैलिएको संक्रमणको जोखिम रामेछाप जिल्लामा पनि पर्ने भएकाले पार्टीको तर्फबाट कुनै पनि भिडभाड हुने कार्यक्रम नगर्ने निर्णय गरेको हो ।
सोमवार बसेको जिल्ला आयोजिक कमिटीको बैठकले सभा सम्मेलन नगर्ने निर्णय गरेको एमाले रामेछापका सचिव पुरुषोत्तम कडेरियाले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार पार्टीपत्तीलाई कोरोना नियन्त्रण र रोकथाम लगायतका जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ ।