देवशकंर र शान्तिजी फर्किनुहोस,समानान्तर गतिविधिले पार लाग्दैनः इन्चार्ज ढुंगेल



१४ वैशाख, रामेछाप ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं नेकपा एमाले रामेछापका इन्चार्ज कैलाश ढुंगेलले पार्टीभित्र समानान्तर गतिविधि गरेर पार नलाग्ने बताएका छन् । पार्टी नीति र विधि विपरीत गतिविधि गर्ने छुट कोही कसैलाई पनि नभएको बताउदै पार्टी कमजोर बनाउन गरिने समानान्तर गतिविधि स्वीकार्य नहुने बताएका हुन् ।

आज मन्थलीमा आयोजित जिल्ला अधिवशेन आयोजक कमिटीको भेला एवं सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज ढुंगेलले पार्टीमा योगदान गरेर अहिले समानान्तर गतिविधिमा लागि परेका नेता कार्यकर्तालाई पार्टीमै फर्किन आग्रह गरे । उनले भने,‘पार्टी हामी सबै मिलेर निर्माण गरेका हौ, अहिले पनि एकताबद्ध भएर अगाडि बढदा रामेछापमा पार्टी झन मजबुद्ध हुने अवस्था छ, पार्टी बनाउन लागौ, पार्टीलाई कमजोर बनाउन नलागौ ।’

भेलामा नेता देवशकंर पौडेलको प्रसंशा गर्दै ढुंगेलले भने,‘रामेछापको खोल्सा–खोल्सी, घर–घर, गाउँ–गाउँ पुगेर नेकपा माले हुँदै एमालेको असल कार्यकर्ता भई परिचय दिनुभएका कमरेड देवशंकर पौडेल अझै केही विग्रिएको छैन पार्टीमै फर्किनुहोस ।’ त्यसैगरी उनले बागमती प्रदेशका सांसद शान्ति प्रसाद पौडेललाई पनि पार्टीको मुल प्रवाहमा फर्किन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्