एमालेका नेता माधव ढुंगेललाई कोरोना संक्रमण पुष्टि



१५ वैशाख, काठमाडौं ।
नेकपा एमालेका युवा नेता एवं राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेललाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन अघिबाट कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्ने क्रममा ढंगेललाई कोरोना संक्रमण पुष्टि भएको हो ।

रामेछाप निवासी नेता ढुंगेल दुई अघि नेकपा एमाले जिल्ला कमिटीले आयोजना गरेको भेलामा सहभागी भएर काठमाडौं फर्किएका थिए । त्यसैगरी  एमालेका जिल्ला नेता उज्वल सुवेदीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्