बागमती प्रदेशमा ४ मन्त्री थपिए



हेडौडा १५ वैशाख, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेर तीन मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयहरुमा पौडेलले बुधबार मन्त्री नियुक्त गरेर मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

मुख्यमन्त्री पौडेलले एमालेका मुख्य सचेतक केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सांसद सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा। रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्री बनाएका हुन् ।

थपिएका ३ मन्त्रीलाई वागमती प्रदेश प्रमुख विष्णु प्रसाईंले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । यस्तै राज्यमन्त्री अधिकारीलाई मुख्यमन्त्री पौडेलले सपथ गराएका छन् । मन्त्रिपरिषद् विस्तार गरेसँगै बागमती प्रदेश सरकारले पूर्णता पाएको छ ।

प्रतिक्रिया दिनुहोस्