उल्लु बेच्न हिडेका रामेछापका श्रेष्ठ काभ्रेभञ्याङमा समातिए
वैशाख १७, रामेछाप ।
संरक्षित उल्लु चरो सहित रामेछाप नगरपालिकाका केशर श्रेष्ठ पक्राउ परेका छन् । काभ्रे जिल्लाको काभ्रे भञ्जाङबाट श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
संरक्षित जिउँदो उल्लु चरो सहित चेकजाँच गर्ने क्रममा श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले बताएको छ । भुकन्डेबाट धुलिखेततर्र्फ शंकास्पद रुपमा हिडदै आएको आधारमा प्रहरीले चेकजाँच गर्दा उल्लुसहित श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी हरि खतिवडाले जानकारी दिए ।
रामेछाप नगरपालिका–२ भिरकोट निवासी ३४ बर्षिय श्रेष्ठलाई पक्राउ गरेर थप कारवाही लागि डिभिजन वन कार्यालय धुलिखेलमा पठाईएको नउले जानकारी दिए ।