अब गोकुलगंगा गाउँपालिकामा ७ जना भन्दा बढी जन्ती जान नपाउने



१८ वैशाख, रामेछाप ।
गोकुलगंगा गाउँपालिकाले विवाहको कारण कोरोना संक्रमितको संख्या थप बढने भएकाले सात जना भन्दा बढी जन्ती आउन नपाउने निर्णय गरेको छ । गाउँपालिकाभित्र कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएपछि कोरोना संक्रमणको रोकथाम र नियन्त्रणको लागि गाउँपालिको जन्त जान कडाई गरेको हो ।

गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले रामेछाप न्युजसँग भने,‘विवाहमा अब गाउँपालिका भन्दा बाहिन आउन जाने अवस्थामा सात जना मात्र जन्ती जान पाउने निर्णय गरेका छौं ।’

गाउँपालिकाभित्र भने बढीमा २५ जनासम्म जन्ती जान पाउने बताउदै अहिलेको विषयम परिस्थितिमा परिवारका सदस्य मात्र सहभागी भएर विवाह सम्पन्न गर्न उनले आग्रह गरे । विवाह गर्दा निकै सावधानी अपनाउनु पर्ने अवस्था आएको बताउदै गाउँपालिकावासीलाई विवादमा कम संख्यामा सहभागी भएर विवाह गर्नुपर्नेमा अध्यक्ष सुनुवारले जोड दिए ।

कोरोनाको दोस्रो लहर अन्तर्गत गोकुलगंगा गाउँपालिकामा हाल ११ जना कोरोना संक्रमित रहेका छन् । सक्रमित सबै होम आइसोलेसनमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्