उमाकुण्ड गाउँपालिकामा आगलागीः कार्की दम्पतीको मृत्यु, छोराबुहारीले हाम फालेर ज्यान जोगाए
२० वैशाख, रामेछाप ।
उमाकुण्ड गाउँपालिकामा आगलागी हुँदा कार्की दम्पत्तीको निधन भएको छ । हिजो मध्यराती अचानक घरमा आगलागी हुँदा उमाकुण्ड गाउँपालिका–२ बाम्तीस्थित लहरेटोलका ७८ बर्षिय धनबहादुर कार्की र उनकी श्रीमती ६८ बर्षिय सीता कार्कीको निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी नवराज ढुंगानाले बताए ।
उनका अनुसार दुई तल कच्ची घरमा आगलागी भएको थाहा पाएपछि चोटामा सुतिरहेका मृतक कार्की दम्पतीका छोरा बुहारी र नातीनी भने हाम फालेर बाँच्न सफल भएका छन् ।
आगोलागी भएको थाहा पाउनसाथ घरमा सुतिरहेका मनोहर कार्की, उनकी श्रीमती कल्पना कार्की र तीन बर्षिय छोरी स्मारिका कार्की भने झ्यालबाट हाम फालेर बाँच्न सफल भएका छन् । आगलागीबाट भएको क्षतिको मुचुल्का तयार भइरहेको डिएसपी ढुंगानाले बताए ।
आगोलागी के कारणले भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको बताएको छ ।