रामेछापमा नयाँ नियमः प्रवेश नाकाबाट घर जान सिफारिस अनिवार्य (सूचनासहित)



२१ वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा जारी लकडाउन भोलीबाट थप कडा पारिने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले सदरमुकाम मन्थली, रामेछाप नगरपालिकाको रामेछापसहितको बजार क्षेत्रमा लकडाउन गरिसकेको छ ।

अब जिल्लाभित्र प्रवेश गर्नेहरुले जिल्ला प्रवेश गर्ने नाकामा चेकजाँचको क्रममा सम्बन्धित स्थानीय तह र वडा अध्यक्षको सिफारिसमा मात्र आफ्नो घर जान पाउने भएका छन् । जिल्ला प्रवेश गर्न भोलीबाट प्रवेश नाकाबाटै कडा गरिने तयारी गरिएको छ । काठमाडौं उपत्यका, काभ्रे लगायतको ठाउँमा लकडाउन गरिएको कारण जिल्ला प्रवेश गर्नेको संख्या निकै कमी भएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले अत्यावश्यक कार्यमा जिल्लाको प्रवेश नाकाहरुबाट जिल्ला प्रवेश गर्ने जिल्ला भित्रका नागरिकहरुलाई सम्बन्धित पालिका तथा वडाको क्वारेन्टिन तथा आइसोलेसनमा राख्ने सुनिश्चितता सहित सिफारिस भएपछि मात्र प्रवेश गर्न दिइने बताए ।

प्रतिक्रिया दिनुहोस्