रामेछापमा पिसिआर मेसिन राख्न पहल गर्छुः सांसद श्रेष्ठ



२३ वैशाख, रामेछाप ।
रामेछापका संघीय सांसद श्याम कुमार श्रेष्ठले रामेछाप जिल्लामा पिसिआर मेसिन स्थापना गर्नको लागि पहल गर्ने बताएका छन् । उनले यसअघि पनि आफूले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत मेसिन खरिद गर्नको लागि पहल गरेको बताउदै जिल्लामा पिसिआर मेसिन आवश्यक भएको बताएका हुन् ।

उनले रामेछाप न्युजसँग कुराकानी गर्दै भने,‘छिमेकी जिल्ला दोलखा र सिन्धुलीमा पिसिआर मेसिन स्थापना भएर सञ्चालनमा आएको छ, रामेछापमा अब जसरी पनि पिसिआर मेसिन राख्नु पर्छ ।’

मेसिन खरिद गरेसँगै सञ्चालनको लागि स्थानीय सरकारले पनि भूमिका खेल्नु पर्नेमा जोड दिदै सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा रहेको कार्यविधि परिमार्जन गरेको अवस्थामा मेसिन खरिदको लागि आवश्यक बजेट उक्त कोषबाट हाल्ने प्रतिबद्धता जनाए ।

उनले जिल्लामा पिसिआर मेसिन नहुँदा अहिले धुलिखेलमा स्वाब संकलन गर्न पठाउनु पर्ने बाँध्यता रहेको सरोकारवाला निकायहरुसँग समन्वय गरेर पिसिआर मेसिन खरिदको लागि आफू लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्