रामेछापमा भोलीदेखि नयाँ नियम लागू हुने (सूचनासहित)



२३ वैशाख, रामेछाप ।
रामेछापमा जारी लकडाउनलाई थप कडा पारिदै भोलीदेखि नयाँ नियम लागू हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले भोलीदेखि लागू हुने गरी बिहान मात्र खाद्यन्न लगायतका पसल सञ्चालन गर्न नियम लागू गरेको हो । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले भोलीदेखि अत्यावश्यक सेवाका वैक तथा वित्तिय संस्था १० बजदेखि १२ बजेसम्म मात्र सञ्चालन गर्न पाइने बताए । मन्थलीमा आज मात्र थप २६ जनामा कोरोना संक्रमण देखिएपछि मन्थलीमा जारी लकडाउन थप कडा परिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्