एमाले मिल्नु पर्छ, विभाजित भएर फाइदा छैनः अध्यक्ष पौडेल



२४ वैशाख, रामेछाप ।
नेकपा माधव कुमार नेपाल समुह रामेछापका अध्यक्ष शान्ति पौडेलले पार्टीभित्रको जारी विवाद समाधान गरेर अगाडि बढनु पर्ने बताएका छन् । पार्टी विभाजित जनमत विपरीत हुने भएकाले नेतृत्वले आ–आफ्नो अडान छोडेर सहमति गर्नुपर्ने बताएका हुन् ।

रामेछाप न्युजसँग कुराकानी गर्दै बागमती प्रदेश सभाका सांसद समेत रहेका पौडेलले भने,‘पार्टीभित्रको विवाद समाधान गर्न सर्वोच्च अदालतले पार्टी ब्यूँताउने गरी गरेको फैसला अनुसार २०७५ जेठ २ अघिको कमिटीलाई ब्युँताउनु पर्छ ।’

आफूहरु पार्टी एकता बचाउनु पर्ने पक्षमा रहेको बताउदै अहिलेका प्रधानमन्त्री ओलीले राजिनामा दिएर पार्टीभित्रैबाट अर्को प्रधानमन्त्रीको खोजी गरिनु पर्ने बताए । उनले एमाले नेतृत्वको सरकारमा माओवादीलाई पनि सहभागी गराउनु पर्ने बताए ।
पार्टीभित्रको विवाद पुरानै संगठनका कमिर्टीलाई ब्युँताएको अवस्थामा धेरै हल हुने बताउदै उनले शीर्ष नेतृत्वले आ–आफ्नो अडान छोडेर पार्टीको हितको बारेमा सोच्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्