रामेछापमा तीन दिनमा तीन जना जेल चलान



२४ वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा तीन दिनमा जबरजस्ती करणीको अभियाेगमा तीन जना जेल चलान भएका छन् । जिल्ला अदालतल रामेछापले जबरजस्ती करणीको उद्योगमा पक्राउ परेका तीन जनालाई पुर्पक्षको लागि जेल पठाउने फैसला गरेको हो ।

पुर्पक्षको लागि जेल चलान हुनेमा खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित धारापानीका ५५ बर्षिय तेज बहादुर श्रेष्ठ रहेका छन् । गाउँकै एक ५५ बर्षिय महिलामाथि बजरजस्ती करणी गरेको अभियागमा उनलाई जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरीले भक्तपुरबाट पक्राउ गरेको थियो । उनलाई वैशाख २२ गते अदातलले पुर्पक्षको लागि जेल पठाउने निर्णय गरेको हो । उनलाई सातदेखि दस बर्ष जेल सजाय हुन सक्नेछ ।

त्यसैगरी अदालतले वैशाख २१ गते दोरम्बा गाउँपालिका–७ का अंगतसिंह तामाङलाई पनि गाउँकै एक ६० बर्षिय महिलामाथि बजरजस्ती करणी गरेको अभियानमा पुर्पक्षको लागि जेल चलान गर्ने फैसला गरेको छ । तामाङलाई पनि मूलुकी अपराध संहिता २०७४ अनुसार सात देखि दस बर्ष जेल सजाय हुन सक्नेछ ।
मन्थली नगरपालिकाकी एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको दोलखा जिरी नगरपालिका–२ स्थायी घर भइ हाल मन्थलीमा बस्दै आएका टेक बहादुर बिकलाई पनि अदालतले पुर्पक्षको लागि जेल पठाउने फैसला गरेको छ । बिक माथि १० देखि १२ बर्ष जेल सजाय हुन सक्नेछ ।
रामेछापमा पछिल्लो चरणमा जबरजस्ती करणीको घटना बढेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्