रामेछापका कोरोना संक्रमितलाई आर्युवेद केन्द्रबाट निशुल्क परामर्श सेवा (टेलिफोन नम्बरसहित)



२४ वैशाख, रामेछाप ।
रामेछापका कोरोना संक्रमितहरुलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापले सर्बसाधारणका लागि टेलिफोन मार्फत निःशुल्क परामर्श सेवा दिन सुरु गरेको छ । कोभिड–१९ को दोश्रो लहरबाट जिल्लामा संक्रमित हुनेको संख्या बढदै गएसँगै केन्द्रले निशुल्क परामर्श सेवा सुरु गरेको हो ।
रामेछाप जिल्ला काठमाडौं उपत्यका तथा तराईका जिल्लाहरुसँगको सहज पहुँचका कारण संक्रमण थप फैलिन सक्ने देखिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभित्र कोरोना नियन्त्तण र रोकथामको लागि भन्दै वैशाख २० गतेबाट लकडान गरेको छ । जिल्लावासीमा रहेको असहज परिस्थितिलाई केही सहज गराउनका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापले टेलिफोन मार्फत आयुर्वेद चिकित्सा सेवा सम्बन्धि परामर्श सेवा शुरु गरेको केन्द्रका डा. नरेन्द्र गिरी बताउछन ।

गम्भीर तथा आकस्मिक रोग नभएका भएतापनि आफ्नो दैनिकी असहज भईरहेका बिरामीहरुले यस सेवा मार्फत परामर्श लिन सक्ने बताउदै उनले बिरामी भई नियमित औषधि सेवन गर्नुपर्ने र आफ्नो रोग र स्वास्थ्य अवस्थाका बारेमा समय समयमा जानकारी लिई राख्नुपर्ने बिरामीहरुले पनि यस सेवाबाट लाभ उठाउन सक्ने छन् ।

कोभिड–१९ बाट जोगिन हाम्रो रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्ने उपायहरु एवं औषधिहरुबाट सम्पन्न हुनुका साथै यसबाट संक्रमित लक्षण रहित र सामान्य लक्षणयुक्त बिरामीहरुलाई भरपर्दो चिकित्सा सेवा दिन आफूहरु सक्षम रहेको गिरीले बताए । कोरोना संक्रमणबाट जोगिने उपायहरु, रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्ने उपायहरु, संक्रमितको उपचार तथा मनोसामाजिक परामर्श, जीवनशैली ब्यवस्थापन आदिका लागी परामर्श लिनका लागि समेत यो सेवाको उपयोग गर्न सकिनेछ केन्द्रले बताएको छ ।

केन्द्रले कारोना रोग र यसबाट बच्ने उपायहरु, रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्ने उपायहरु, बिरामीहरुको स्वास्थ्य समस्या र तिनको आयुर्वेद उपचार, यस केन्द्रमा पहिले देखि नै उपचार गराईरहनु भएका बिरामीहरुलाई आवश्यक परामर्श, कोरोनाबाट संक्रमित भई आईसोलेशनमा रहेका बिरामीहरुलाई मनोसामाजिक तथा उपचार सम्बन्धि परामर्श उपलब्ध गराइने गिरीले बताए ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरु सम्पर्क नम्बरसहित

  • डा. नरेन्द्र प्रसाद गिरी

आयुर्वेद चिकित्सक

सम्पर्क नं- ९८५४०२१३६९

  • डा. तारा पोख्रेल

आयुर्वेद चिकित्सक

सम्पर्क नं- ९८४७८९३१०७

  • दीपक कुमार कार्की

बरिष्ठ कविराज निरीक्षक

सम्पर्क नं- ९८६३०२३४२२

  • कार्यालयको सम्पर्क नं- ०४८-५४०१४३

 

 

 

प्रतिक्रिया दिनुहोस्