रामेछापका भण्डारी न्याय परिषदको सदस्यमा सिफारिस



२५ वैशाख, काठमाडौं ।
सरकारले न्याय परिषदको सदस्यमा बरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को भण्डारीको नाम सिफरिस गरेको हो ।
रामेछाप सुनापति गाउँपालिका–५ खनियापानी निवासी बरिष्ठ अधिवक्ता भण्डारी प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा निकट मानिन्छन् । मन्त्रिपरिषद्को सिफारिसमा न्याय परिषद सदस्य भएका लक्ष्मीबहादुर निरालाको कोभिडका कारण निधन भएपछि भण्डारीको नाम सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।

भण्डारी देवानी, जग्गा र गुठी सम्बन्धी मुद्दामा लामो समय अभ्यास गरेका कानुन व्यवसायीका रुपमा परिचित छन् । न्याय परिषद्मा पुग्ने रामेछापबाट भण्डारी सम्भवत पहिलो व्यक्त हुन् ।

प्रतिक्रिया दिनुहोस्