रामेछापमा प्रहरीले अक्सिजन सिलिन्डर खोजेर अस्पताललाई बुझाउँदै
२६ वैशाख, रामेछाप ।
रामेछाप जिल्लाभित्र अक्सिन अभाव हुन नदिन प्रहरीको ग्यारेज र ग्रिल उद्योगमा रहेका अक्सिन सिलिन्डिर खोजी गरेर जिल्ला अस्पताल रामेछापलाई बुझाउने तयारी गरेकाे छ । प्रहरीले पछि फिर्ता गर्ने गरी अहिले कोरोना संक्रमितको उपचारमा उपयोग गर्न विभिन्न ग्यारेज र ग्रिल उद्योगबाट सिलिन्डर संकलन गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापले सदरमुकाम मन्थली बजार क्षेत्रका मोटर पार्टस, सो रुम, ग्रिल उद्योगबाट पछि कोरोना सामान्य अवस्थामा पुगेपछि फिर्ता गर्ने गरी भरपाईसहित १५ वटा सिलिन्डर संकलन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी नवराज ढुंगानाले जिल्लाभित्र अक्सिन सिलिन्डरको अभाव हुन सक्ने अनुमान गरेर बजार क्षेत्रमा रहेको सिलिन्डर संकलन गरिएको रामेछाप न्युजलाई बताए । उनले संकलन गरिएका खाली सिलिन्डरलाई जिल्ल अस्पताल रामेछापमा बुझाइने बताए l जिल्ला अस्पताल रामेछापमा हाल साना ठूला गरी ३० वटा अक्सिजन सिलिन्डर रहेकोमा १५ वटा मात्र मौजात रहेको छ ।