शिक्षासेवी वद्री खड्काको कोरोनाबाट निधन



२७ वैशाख, रामेछाप ।
रामेछापका शिक्षासेवी वद्री कुमार खड्काको कोरोना संक्रमणबाट निधन भएको छ । राजधानीको एक अस्पतालमा उपचारको क्रममा खड्काको निधन भएको हो । केही दिन अघि कोरोना संक्रमण भएको पुष्टि भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको छ ।

सुनापति गाउँपालिका–५ खनियापानीस्थित डाँसे निवासी खडकाले लामो समय समय सुनापति गाउँपालिका–४ बेथानको कुशेश्वर माविको प्रअको रुपमा रहेर काम गर्नुभएको थियो । सुनापति गाउँपालिकामा शिक्षाको जग बसाल्ने कार्यमा अग्रणी भूमिका खेल्नु भएका खड्का केही बर्ष अघि विद्यालयबाट अवकाश लिनुभएको थियो । अवकाशपछि पनि विद्यालयको सुधारको लागि महत्वपूर्ण योगदान निर्वाह गनुृभएका खड्काले निधनले शिक्षा क्षेत्रमा ठूलो क्षति पुग्नुको साथै विद्यालयले आफ्नो अभिभावक गुमाएको छ । शिक्षासेवी खड्काको निधनप्रति रामेछाप न्युज परिवार गहिरो दुःख व्यक्त गर्छ ।

प्रतिक्रिया दिनुहोस्