नेपाल पक्षका २२ सांसद आजको संसद बैठकमा सहभागी नहुने
२७ वैशाख, काठमाडौं ।
नेकपा एमालेभित्रको विवादको कारण पार्टीका वरिष्ठ नेता माधव नेपाल समुहका २२ सांसद आजको प्रतिनिधि सभा बैठकमा सहभागी नुहने भएका छन् ।
आज प्रधानमन्त्रीले विश्वासको मत लिनको लागि बोलाइएको संसदको विशेष अधिवेशनमा आफ्नै पार्टीका २२ सांसद सहभागी नहुने भएका हुन् । आज बसेको नेपाल पक्षको सांसदहरुको बैठकले संसदमा उपस्थिति नहुने निर्णय गरेको हो । सामुहिक राजिनामा दिने पूर्व निर्णयबाट ब्याक हुँदै नेपाल पक्षका सांसदहरु आज संसद बैठकमा सहभागी नहुने भएका छन् ।
नेता भिम रावलले ‘आफूले विश्वासको मत लिने एक दिनमात्र बाँकी रहँदा संवैधानिक परिषद बैठक बोलाएर स्वेच्छाचारी नियुक्ति गर्ने ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउनु र राजनीतिक स्थिरतालाई कमजोर हुने बताए ।