रामेछाप नगरपालिकाका उपप्रमुख खड्काको उदाहरणीय काम



२७ वैशाख, रामेछाप ।
रामेछाप नगरपालिकामा कोरोना संक्रमितको संख्या बढदै गएपछि रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खडकाले आफूले चढदै आएको गाडी कोरोना संक्रमित बिरामी बोक्नको लागि दिने निर्णय गरेकी छिन् । संक्रमितलाई अस्पतालसम्म लैजान एम्बुलेन्सको अभाव नहोस भनेर उनले चढदै आएको गाडीलाई एम्बुलन्सको रुपमा तयारी गरिएको हो ।

खड्काले चढदै आएको बा २ झ ४४६३ नम्बरेका गाडी एम्बुलेन्सको रुपमा सञ्चालन निर्णय गरेको बताइन । खडकाले रामेछाप न्युजसँग भनिन–‘संकटको बेला नगरवासीको सेवा गर्नु पहिलो दायित्व र कर्तव्य हो, गाडी नचढदैमा के हुन्छ र ?’ हाल रामेछाप नगरपालिकाभित्र एउटा शव बहानसहित ६ वटा एम्बुलेन्स रहेको छ । रामेछाप जिल्लामा जनप्रतिनिधिबाट आफ्नो गाडीलाई एम्बुलेन्स बनाउने खड्का पहिलो व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्