रामेछापमा लकडाउनलाई चुनौती दिदै बस चलाउने चालक पक्राउ
२७ वैशाख, रामेछाप ।
लकडाउनलाई चुनौती दिदै यात्रुसँग चर्को भाडा असुलेर बस चलाउने चालकसहित जिल्ला प्रहरी कार्यालयले रामेछापले वस पक्राउ गरेको छ । प्रहरी आफै ग्राहक यात्रु बनेर चर्को भाडा असुल्दै गाडी चलाउने बसका चालक र सह–चालकलाई पक्राउ गरको हो । प्रहरीले स्वंयम ठोसेबाट काठमाडौं जानको लागि ग्राहक बनेर बा ५ ख २६३३ नम्बरको बसमा चढेर उक्त बस नियन्त्रणमा लिएको थियो । बससँगै बसका चालक ३३ बर्षिय जगदिश सुवेदी र सह–चाकल भीम बहादुर थापाम मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
सामाजिक सञ्जालमा बसमा यात्रा गर्नको लागि यात्रुलाई आह्वान गर्ने, चर्को भाडा लिने चोर बाटोबाट यात्रुहरुसँग चर्को भाडा लिइ ओहोरदोहोर गर्न खोज्ने बसलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।
निषेधाआज्ञा पूर्ण रुपमा उल्लंघन गरेको हुँदा संक्रमण रोग ऐन २०२० को दफा ३ को १ अनुसार १ महिनासम्म कैद वा १०० रुपैयाँ जरिवाना वा दुवै हुन सक्ने उल्लेख गरिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले पक्राउ गरेका चालक र सहचालकलाई थप कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय रामेछापमा पेश गरिएको रामेछाप न्युजलाई बताए ।