प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाए (मत परिणामसहित)
२७ वैशाख, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएका छन् । आज भएको संसदको विशेष अधिवेशनमा भएको मत विभाजनमा उनले विश्वासको मत गुमाएका हुन् । आफ्नै पार्टीका २२ भन्दा बढी सांसदले मत नदिएपछि उनले विश्वासको मत गुमाएका छन् ।
प्रधानमन्त्रीको विपक्षमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मतदान गरेका थिए । प्रधानमन्त्री ओलीले संसद विघटन नगर्ने हो भने आफूलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह गरेका थिए ।
आजको बैठकमा उपस्थित संख्या २३२, ९३ पक्षमा मत १२४ विपक्षमा मत १५ हुन्नमा मत परेको छ ।