रामेछापमा लकडाउन उल्लंघन गर्ने वसका चाललाई ९ हजार जरिवान
२८ वैशाख, रामेछाप । लकडाउनलाई चुनौती दिदै यात्रुसँग चर्को भाडा असुलेर बस चलाउने चालकलाई नौ हजार एक सय रुपैयाँ जरिवाना गरिएको छ । प्रहरी आफै यात्रु बनेर चर्को भाडा असुल्दै गाडी चलाउन चालक र सह–चालकलाई जिल्ला प्रहरी कार्यालय ठोसले पक्राउ गरेको थियो ।
प्रहरीले बा ५ ख २६३३ नम्बरको बससहित बसका चालक ३३ बर्षिय जगदिश सुवेदी र सह–चालक भीम बहादुर थापा मगरलाई पक्राउ गरेर जिल्ला प्रशासन कार्यालय रामेछापमा बुझाएको थियो । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले लकडाउन उल्घंन गर्ने बसका चालकलाई ९ हजार एक सय रुपैयाँ जरिवाना तोकेका हुन् ।
निषेधाआज्ञा पूर्ण रुपमा उल्लंघन गरेको हुँदा संक्रमण रोग ऐन २०२० को दफा ३ को १ अनुसार १ महिनासम्म कैद वा १०० रुपैयाँ जरिवाना वा दुवै हुन सक्ने उल्लेख गरिएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी सैजूले एक महिना जेल सजाय बस्ने बराबरको जरिवाना गरिएको रामेछाप न्युजलाइ बताए । लकडाउन घोषणा भएपछि संक्रमण रोग ऐन अन्तर्गत कारवाही भएको यो पहिलो घटना हो ।