रामेछापमा १०२ वटा अक्सिजन सिलिन्डर मौजात
२८ वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा १ सय दुई वटा अक्सिजन सिलिन्डर मौजाद रहेको पाइएको छ । जिल्ला अस्पताल रामेछापसहित जिल्लाका आठ वटा स्थानीय तहमा हाल १ सय ३० वटा साना ठूला अक्सिजन सिलिन्डर रहेकोमा १ सय २ वटा मौजात रहेको हो । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जिल्लामा हाल ६६ वटा सानो र ६४ वटा ठूलो सिलिन्डिर रहेको रामेछाप न्युजलाई बताए ।
बागमती प्रदेश सरकारले सिलिन्डर प्रदान गर्ने बताएको छ । यसैगरी स्थानीय तहले पनि अक्सिजन सिलिन्डर थप्ने योजना अगाडि बढाएका छन् । त्यसैगरी जिल्ला प्रहरी कार्यालय रामेछापले आज विभिन्न गृल उद्योगबाट संकलन गरेको १५ वटा सिलिन्डर पनि जिल्ला अस्पताललाई बुझाएको छ । योसँगै जिल्लामा अक्सिजन सिलिन्डरको संख्या १ सय ४५ पुगेको छ ।