एमालेका नेता चौलागाईको कोरोना संक्रमणबाट मृत्यु



२८ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं बागमती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेकपा एमालेका नेता चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि केही दिन अघि अस्पताल भर्ना भएका नेता चौलागाईको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्