नेता चौलागाईको निधनप्रति मन्त्री ढुंगेलद्धारा दुः ख व्यक्त



२९ वैशाख, काठमाडौं ।
बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री मन्त्री कैलाश ढुंगेलले एमाले नेता एंव बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । कोरोना संक्रमणको कारण नेता चौलागाईको निधनले आफू स्तब्ध भएको बताउदै मन्त्री ढुंगेले क्रान्तिकारी निष्ठावान सरल र इमान्दार नेताको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताएका हुन् ।

उनले चौगाईको निधनले बागमती प्रदेशले एक असल सांसद गुमाएको बताउदै यस घडिमा उहाँप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्